कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी

बुधबार संघीय संसद् सचिवालय पुगेर न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन्।

काठमाडौँ- नेपाली कांग्रेसको तर्फबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन्। 

बुधबार नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। बुधबार संघीय संसद् सचिवालय पुगेर न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन्। 

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तावक र नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला समर्थक रहेर न्यौपानेको उम्मेदवारी दर्ता गरिएको हो। 

सभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन्। 

बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा सभामुखका लागि निर्वाचन हुँदैछ।