नेप्से परिसूचक २२.२१ अंकले बढ्यो, ५ अर्ब २६ करोडको कारोबार

आइतबार नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७ को विन्दुमा पुगेको छ भने ५ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२.२१ अंकले उकालो लागेर २७७७.५८ मा पुगेको छ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७८ अंकले उकालो लागेर ४७३.५१ मा पुगेको छ। कुल ३४६ कम्पनीको एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर पाँच अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँ खरिद-बिक्री भएको छ।

कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ। नेपाल पुनर्बीमा कम्पनी, रिडी पावर कम्पनी, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स पनि शीर्ष स्थानमा रहे।

यस्तै, कालिञ्चोक हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र गुर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन्। 
अर्कातर्फ, नबिल डिबेन्चर, बुङ्गल हाइड्रोपावर, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले भने गुमाएका छन्।