बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो।

फाइल तस्वीर

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो।

सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार  प्रतितोला तीन लाख १० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला पाँच हजार तीन सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार चार सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।