एसियन गेम्स छनोट : नेपाली महिला टोलीले आज चीनसँग खेल्दै

नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आज चीनसँग खेल्दैछ।

काठमाडौँ– नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आज चीनसँग खेल्दैछ। खेल मलेसियाको क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान ११:४५ बजे शुरू हुनेछ।

नेपाल र चीन समूह ‘बी’ मा रहेका छन्। चीनले आफ्नो पहिलो खेलमा जित निकाल्दै २ अंक जोडिसकेको छ भने नेपाल आजको खेलबाट प्रतियोगिताको शुरूआत गर्दैछ।

समूह ‘बी’ को अंक तालिकामा चीन १ खेलबाट २ अंकसहित शीर्षस्थानमा छ। नेपालले भने पहिलो खेल खेल्न लागेको हो।