अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ।

अमेरिकाले नेपाललाई  दियो १९६ रनको लक्ष्य
नेपाल क्रिकेट संघ

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रनमा अलआउट भयो।

अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८३ रन बनाए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। शेहान जयसूर्याले ५२ बलमा ५० रन जोडे। मिलिन्द कुमारले २८ रन बनाए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७.३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए भने सन्दीप लामिछाने र गुल्शन झाले समान १–१ विकेट लिए।