माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको छ।
काठमाडौँ– बिहीबारदेखि शुरू भएको त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित गर्दै जित हासिल गरेको हो। नेपाल ‘ए’ ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो।
स्कटल्याण्डका लागि ओपनर फिन्ले म्याक्राथले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ७३ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले।
त्यस्तै, ज्याक जार्भिसले ४५ रन जोड्दा मार्क वाट ३७, ब्रण्डन म्याकमुलन २१, म्याथु क्रस २२ तथा ओलिभर डेभिडसन १७ रनमा आउट भए।
नेपाल ‘ए’ का लागि रशिद खानले ३ विकेट लिँदा शाहब आलम, युवराज खत्री र बसिर अहमदले समान २/२ विकेट लिए। त्यसमाथि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रनको योगफल बनाएको थियो।
नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ६५ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६३ रनको बनाएका हुन्।
त्यस्तै, ओपनर मयन यादवले ४५ रन बनाउँदा कप्तान अनिलकुमार साहले १८ रन जोडे। सन्दीप जोरा ३४, पवन सर्राफ ३१ तथा नारायण जोशी ८ रन बनाउँदै आउट भए। दीपक डुम्रेले अविजित २३ रन बनाए।
स्कटल्याण्डका लागि ब्राण्डलि करी र सफियान सरिफले समान २/२ विकेट लिए भने ओलिभर डेविडसन, ब्राण्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १/१ विकेट लिए। अब नेपाल ए ले आफनो दोस्रो अभ्यास खेल भोलि अमेरिकासँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
