नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

नेप्सेमा लगातार तेस्रो दिन गिरावट आउँदा परिसूचक २,७३८ को बिन्दुमा ओर्लिएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ। आज नेप्से परिसूचक ५.७३ अंकले घटेर २,७३८.७२ को बिन्दुमा कायम भएको छ। 

आज ३४६ कम्पनीका १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ्ग ०.०२ र उत्पादन तथा प्रशोधन समूह ०.८४ प्रतिशतले बढेका छन्। यीबाहेक अन्य सबै समूहका उपसूचकमा गिरावट आएको छ। विकास बैंक ०.४८, वित्त ०.२०, होटल तथा पर्यटन ०.०४, जलविद्युत् ०.४० र लगानी समूह ०.४२ प्रतिशतले घटेका छन्।

त्यस्तै, जीवन बीमा ०.२६, लघुवित्त ०.३४, म्युचुअल फण्ड ०.५२, निर्जीवन बीमा ०.०२, व्यापार ०.६३ र अन्य समूहको उपसूचक ०.९७ प्रतिशतले ओरालो लागेको छ।