गीतकार हर्क साउदले ‘४० कटेसी रमाउँला’ भनेर असंख्य स्रोतागणलाई आश्वस्त पार्दै आएका छन्। तर त्यस्तो सुखद् दिन आउन सकिरहेकै छैन— ४० अघि न पछि।
काठमाडौँ— नेपाली गीत–संगीत जगतको पछिल्लो पुस्ताका हर्क साउद भन्नासाथै यस्तो लोकप्रिय नाम बनेको छ, जसले लेखेका गीत सुन्ने स्रोताको संख्या मात्रै करोड–करोडमा छ।
गीति विधामा घोरिएर वा साहित्य लेखपढ गरेर होइन कि, बरु गाउँघर, पहाडी पाखाभित्ता र जनजीवनसँग एकदमै नजिकिएर हर्क गीतकार बनेका हुन्। सुदूर पश्चिमको डोटी जिल्लामा जन्मे–हुर्केर काठमाडौँमा जीवनयापनको दुःखजिलो गर्दै आएका हर्क एक दशकअघि मात्रै आफ्नो पहिलो रचनामार्फत चिनिन थालेका हुन्। ‘४० कटेसी रमाउँला’ बोलको पहिलो गीतमा कालीप्रसाद बास्कोटाको संगीत र हेमन्त रानाको स्वर मिसिएपछि उब्जिएको झंकारले हर्कलाई पछाडि फर्केर हेर्नै परेन।
“मुख्य रूपमा रोजीरोटीको खोजी गर्दै खाडी मुलुकदेखि मलेसियासम्म जाने निम्न–मध्यम वर्गका नेपाली श्रमिकको २५ देखि ४० वर्षसम्मको सपना–जपनालाई जोडेर ४० कटेसी रमाउँला गीत लेखेको थिएँ,” हर्क भन्छन्, “जो जीवनको उर्वर समय श्रम–पसिना गर्दै विदेशी भूमीमा बिताइरहेका हुन्छन् र सामान्यतया ४० कटेसी आफ्नो देश फर्किएर आफ्नाहरूमाझ रमाउन चाहन्छन्। तर यो सपना र मनोकांक्षा अझै पनि पूरा हुन सकेको छैन।”
स्थायी पेसा र गरी खाने कर्मका रूपमा बागबजारमा चियाकफी, मम, चाउमिनको आराधना क्याफे सञ्चालन गरिरहेका हर्कसँग गीत–संगीतका गणनामा करोडौँ–करोड स्रोता (भ्युअर्स) छन्। उनको शब्दमाथि बनाइएका म्युजिकल–फिल्महरू ‘दुबो फुल्यो’, ‘तीनपाते’, ‘बाफ’, ‘के मायाँ लाग्छ र’, ‘बटौली’, ‘घुमीघुमी’, ‘फूल’ (उनको स्वीटर) आदिको उस्तै क्रेज देखिन्छ।
उनको ‘सुन साइँली’ गीतका ५ करोड २० लाख भ्युअर्स) देखिन्छन्। ‘के मायाँ लाग्छ र’मा २ करोड ७० लाख र ‘दुबो फूल्यो’मा १४ करोड ४० लाख भ्युअर्स छन्। एउटा चलचित्रमा नायक वा नायिकाझैँ अथवा गानाबजानामा गायक–संगीतकार चिनिएझैँ एकै लयमा हर्क साउद पनि चिनारीमा छाउन थालेका छन्, ‘क्रेज’ उस्तै–उस्तै देखिन्छ। गरेको कामको प्राप्तीका रूपमा चित्त बुझाउने बाटो बनेको छ— उर्लदोँ स्रोता संख्या।
“यतिधेरै भ्युअर्स छन्, तर रोयल्टीबाट हातलागी केही पनि छैन। देखाउनका लागि यहाँ रोयल्टी संकलन समाज छ, रेडियो नेपाल वा म्युजिक नेपालका आ–आफ्नै सञ्जाल छन्। डिजिटल प्लेटफर्म पनि अनेक छन्। सबैले आ–आफ्ना समस्या मात्रै बताइरहेका छन्” उनी भन्छन्, “मैले भने अहिलेसम्म रोयल्टीका नाममा पाएको १२ हजार रूपैयाँ हो, अरू केही थाहापत्तो छैन।”
भिडियो वार्ता
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
