नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ भने करिब ८ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २,८३७.७७ बिन्दुमा कायम भएको छ। यो ०.४७ प्रतिशतको गिरावट हो।
शुक्रबार ३३५ कम्पनीका २ करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ हजार ४८० पटक खरिद–बिक्री हुँदा आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा जलविद्युत् समूह ०.०८ र उत्पादन तथा प्रशोधन समूह १.५९ प्रतिशतले बढेका छन् भने अरू सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ ०.७४, विकास बैंक ०.६७, वित्त ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी ०.१२, जीवन बीमा ०.७१, लघुवित्त ०.७३, म्युचुअल फन्ड ०.४९, निर्जीवन बीमा ०.४८ र अन्य समूह १.३९ प्रतिशतले घटेका छन्।
आजको कारोबारमा भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेस्ट इन र पाल्पा सिमेन्ट इन्ड्रस्टिजको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। एनआईसी एसिया ब्यालेन्स फन्डको शेयर मूल्य भने ४.१७ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
