शेयर बजारमा अनावश्यक त्रास फैलाएर साना लगानीकर्तालाई आतंकित पार्ने काम भइरहेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कानूनी दायराभन्दा बाहिर रहेर काम गर्नेलाई मात्र कारबाही गरिने बताए।
काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास फैलाउने काम भइरहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँग भएको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले साना लगानीकर्तालाई आतंकित पार्ने काम भएको देखिएको भन्दै लगानीकर्तालाई नआत्तिन आग्रह गरेका हुन्।
सरकारले लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य नराखेको भन्दै कानूनी दायराभन्दा बाहिर रहेर काम गर्नेलाई मात्र कारबाहीको दायरामा ल्याइने उनले बताए।
“शेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ। पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा र स्पष्ट कर प्रणाली लगायतका कारणले शेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रका रूपमा लिएको छ,” अर्थमन्त्री वाग्लेले भने।
इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन र अन्य अनैतिक काम गर्नेलाई विद्यमान कानूनअनुसार मात्र कारबाही हुने अर्थमन्त्री वाग्लेले स्पष्ट पारे।
नेपाललाई 'ग्रे लिस्ट'बाट बाहिर ल्याउनु सरकारको पहिलो प्राथमिकता रहेको उनले बताए। “ग्रे लिस्टबाट बाहिर ल्याउने सवालमा कागजमा मात्रै कुरा गर्ने तर कार्यान्वयन नगर्ने भन्ने परेको छ। हामी अहिले यसलाई लागू गर्ने चरणमा प्रवेश गरेका हौँ,” उनले थपे।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे। ग्रे लिस्टमा पर्दा मुलुकको अन्तर्राष्ट्रिय छवि र लगानी वातावरणमा नकारात्मक असर परेको भन्दै उनले त्यसबाट बाहिरिन कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जानकारी दिए।
सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधमा वर्षौंदेखि भएका अनुसन्धान र प्रमाणका आधारमा मात्रै अहिले प्रक्रिया अघि बढेको उनले बताए। उनले भने, “कुनै संस्था वा व्यक्तिलाई छानेर दुःख दिने नियत सरकारको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
