पोखराको सेती खोँचमा विमान दुर्घटनापछिको खोजतलास र उद्धार (तस्वीरहरू)

दुर्घटनास्थलमा अहिले पनि खोजतलास र उद्धार जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी र उद्धार गरिरहेका हुन्।

तस्वीरहरू : फोटो जेनिथ

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक यति एयरलाइन्सको विमान दुर्घटना भएपछि खोजबिन तथा उद्धार जारी छ। अहिलेसम्म ६८ शव भेटिएको छ। विमानमा चालक दलका चार सदस्यसहित ७२ यात्रु थिए।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी र उद्धार गरिरहेका हुन्। पोखराको घारीपाटनमा रहेको सीताराम केसी पुलमा नजिक सेती खोँचमा विमान खसेको छ। विमान खसेलगत्तै दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको थियो।