तराईका जिल्लाहरुमा आज होली मनाइँदै

रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा  मनाइँदैछ ।

काठमाडौँ-रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा  मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार मंगलबार यस क्षेत्रमा यो पर्व मनाउन लागिएको हो । 

आज  झापा,  मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा,नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।  

सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । पहाडी जिल्लामा सोमबार होलीको सार्वजनिक बिदा दिइएको थियो भने तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ ।