सुनको मूल्य घट्यो, चाँदी बढ्यो

बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० तथा चाँदीको मूल्य ४ हजार ८८५ रुपैयाँ निर्धारण भएको छ।

सुनको मूल्य घट्यो, चाँदी बढ्यो
फाइल तस्वीर

काठमाडौँ– स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ। चाँदीको मूल्य भने बढेको छ। सोमबारको तुलनामा सुन तोलामा ९०० रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ९०० तथा एक तोला चाँदीको मूल्य ४ हजार ८८५ रुपैयाँ निर्धारण भएको छ। 

सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मूल्य ४ हजार ८६० रुपैयाँ निर्धारण भएको थियो। आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन ३ लाख पाँच हजार ८०० र त्यति नै चाँदी ४ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।