सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेर ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ। सुन अघिल्लो दिनको तुलनामा आज तीन हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेर ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ४ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।