प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार प्रतितोला एक लाख तीन हजार ४०० रुपैयाँ रहेको सुन शुक्रबार एक लाख तीन हजार ९०० तोकिएको छ। 

काठमाडौँ– नेपालको सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य ५०० रुपैयाँले बढेको छ।

बिहीबार प्रतितोला एक लाख तीन हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एक लाख तीन हजार ९०० तोकिएको छ। तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख तीन हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार एक लाख दुई हजार ९०० रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा दैनिक मूल्य तोक्दै आएको छ।