तोलामा २० हजार ५०० रुपैयाँले घट्यो सुन

बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ थियो।

काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेका छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मूल्य ७ हजार ६५ रुपैयाँ कायम भएको छ।

बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ थियो।

बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र चाँदी ७ हजार ३०० कायम भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।