सोमबार नेप्से परिसूचक ३.०७ अंकको गिरावटसहित २७६९.०९ को विन्दुमा कायम भए पनि कारोबार रकम भने १६ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ।
काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन उच्च अंकले बढेको नेप्सेमा यस दिन अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा बन्द भएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स १.६५ अंक, फ्लोट इन्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंकले घटेको छ। परिसूचक घटे पनि बजारमा कारोबार रकममा भने बढोत्तरी देखिएको छ। सोमबार ३३२ कम्पनीको एक लाख ४७ हजार ६७६ पटकको कारोबारमा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको तीन करोड ६२ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ। आइतबार १३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो।
यस दिन एसवाई प्यानल नेपाल, हिम स्टार ऊर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशत र ट्रेड टावरको ९ प्रतिशतभन्दा बढीले बढेको छ।
कारोबारका आधारमा यस दिन हिमालयन पावर पार्टनर कम्पनी अग्रस्थानमा रहेको छ। जसको ६५ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस्तै, आँखुखोला जलविद्युत् कम्पनीको ५६ करोड र मन्जुश्री फाइनान्सको ५२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशतले बढेको छ। जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूहमा पनि सामान्य बढोत्तरी देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
