त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको हो।
काठमाडौँ– घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै नेपाल बाहिरिएको छ। त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो।
स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै रोकियो। नेपालका लागि रोमा थापा र विन्दु रावलले समान १४ र रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कप्तान इन्दु बर्मा रिटायर्ड हर्ट भइन्। बलिङ स्कटल्यान्डकी अब्दह मक्सुदले सर्वाधिक ३ विकेट लिइन्। त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो।
स्कटल्यान्डका लागि प्रियांज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन्। उनले २८ बलमा ७ चौका प्रहार गरिन्। बलिङमा नेपालकी मनिषा उपाध्ययले सर्वाधिक ४ विकेट लिइन्। रुविना क्षेत्रीले ३, रिया शर्मा, सीता रानामगर र कविता जोशीले एकएक विकेट लिए।
समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो। नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्यान्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन्। नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
