आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ।
काठमाडौँ– आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ। कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे खेल शुरू हुनेछ।
अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ। तर जितले मात्र पनि पर्याप्त हुँदैन। नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्डबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ।
नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान २ जित अनि ४ अंक हुन्छ। यस्तोमा स्कटल्यान्डको बलियो नेटरनरेटमा भएकाले नेपालले ठूलो जित निकाल्नुपर्ने छ। यदि नेपाल स्कटल्यान्डसँग पराजित भएम स्वतः बाहिरिनेछ भने थाइल्यान्ड र स्कटल्यान्ड दुवै छनोट हुनेछन्। नेदरल्यान्ड यसअघि नै छनोट भइसकेको छ।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। यस्तै तेश्रो खेलमा भने नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई हरायो। १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
