‘डिजिटल युगमा पत्रकारिता’, ‘मिथ्या सूचना र तथ्यजाँच’ र ‘डिजिटल परिदृश्य’ गरी तीन वटा पुस्तक सार्वजनिक गरिएको छ।
काठमाडौँ– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीन वटा पुस्तक सार्वजनिक गरिएका छन्। सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीद्वारा शुक्रबार आयोजित कार्यक्रममा ‘डिजिटल युगमा पत्रकारिता’, ‘मिथ्या सूचना र तथ्यजाँच’का साथै ‘डिजिटल परिदृश्य’ पुस्तक विमोचन गरिएको हो।
‘डिजिटल युगमा पत्रकारिता’ पुस्तक जर्मनीका पत्रकारहरू स्टेफान मोल र तन्जिभ शुल्जले लेखेका हुन्। जर्मन भाषाको यो पुस्तकलाई लक्ष्मण श्रेष्ठ, तिलक पाठक र उज्ज्वल आचार्यले नेपालीमा अनुवाद एवं सम्पादन गरेका हुन्। पुस्तकमा डिजिटलाइजेसनको युगमा मिडिया र पत्रकारिता, पत्रकारिताका शैली, सम्पादकीय व्यवस्थापन, सम्पादकीय जिम्मेवारी र पत्रकारिताको गुणस्तर लगायतका पक्षको चर्चा छ।
उज्ज्वल आचार्य र उमेश श्रेष्ठले लेखेको ‘मिथ्या सूचना र तथ्यजाँच’सम्बन्धी पुस्तकमा मिथ्या सूचना, यसको प्रतिकार, तथ्यजाँच प्रक्रिया र मिडिया साक्षरतालगायतका विषय समावेश छन्।
त्यस्तै, ‘डिजिटल परिदृश्य’ पुस्तक पत्रकार तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ऋषिकेश दाहालले लेखेका हुन्। यस पुस्तकमा प्रतिमान परिवर्तनमा पत्रकारिता, अनलाइन समाचारको मूल्य, डिजिटल मिडिया र पत्रकारिता, युट्युबमा सम्पादकहरूको यात्रा र समाचारमा प्रतिलिपि अधिकारसहितका विषयलाई केलाइएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सामाजिक सञ्जालमा मिथ्या सूचनाको प्रभाव बढ्दै गएको उल्लेख गर्दै निर्वाचनका बेला हुन सक्ने मिथ्या सूचनाप्रति सजग हुन जरुरी रहेको बताइन्।
वरिष्ठ पत्रकार प्रतीक प्रधानले प्रविधि, सोसल मिडिया र नागरिक पत्रकारिताका कारण मूलधारको पत्रकारितामा चुनौती थपिएको र अब पत्रकारिताले जनविश्वास जगाउन सक्नुपर्ने धारणा व्यक्त गरे।
‘डिजिटल युगमा पत्रकारिता’का लेखक स्टेफान मोलले विज्ञापन इन्टरनेटमा आधारित मिडियामा केन्द्रित हुँदै गइरहेको र पत्रकारहरू मिथ्या सूचनाविरुद्ध लड्नुपर्ने भएकाले पत्रकारितामा चुनौती थपिएको बताए। सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष नवीन खतिवडाले नेपालमा निर्वाचनका बेला मिथ्या सूचनालाई न्यूनीकरण गरी सत्यलाई स्थापित गर्न आवश्यक रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
