तोलामा ३ लाख रुपैयाँ नाघ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४०० रुपैयाँ र त्यति नै चाँदीको मूल्य ६ हजार १९० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ।  बिहीबारको तुलनामा प्रतितोला सुन ९ हजार २०० र चाँदी ३२० रुपैयाँले बढेर उच्च मूल्यको कीर्तिमान बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४०० रुपैयाँ र त्यति नै चाँदीको मूल्य ६ हजार १९० रुपैयाँ कायम भएको छ। 

गत बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल ५ हजार ९२० रुपैयाँ कायम भएको थियो। मंगलबार सुनको मूल्य २ लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल ५  हजार ८८० रुपैयाँ कायम भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।