पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा आज करेक्सन हुँदै नेप्से ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ।
काठमाडौँ– बुधबार शेयरबजार परिसूचक नेप्से घटेर बन्द भएको छ। पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा आज करेक्सन देखिएको हो।
आज नेप्से ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३५ अंक, फ्लोट इन्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५० अंकले घटेको छ।
आज कारोबार रकम पनि घटेको छ। मंगलबार ११ अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३२४ स्टकमा ८९,७६६ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबर २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ।
कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य ५.५ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.८९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये बुधबार १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक ०.२६ प्रतिशतले बढेको छ। वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
