प्रहरी प्रधान कार्यालयले सातवटै प्रदेशका प्रहरी प्रमुखको अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरिएको जनाएको छ।
काठमाडौँ– सातवटै प्रदेशमा नेपाल प्रहरीका प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार सातवटै प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको बिहीबार अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरिएको हो।
प्रदेश–१ मा श्यामलाल ज्ञवाली, मधेश प्रदेशमा वसन्तबहादुर कुँवर, बागमतीमा दीपक थापा, गण्डकीमा बुद्धिराज गुरुङ, लुम्बिनीमा टेकप्रसाद राई, कर्णालीमा भीमप्रसाद ढकाल र सुदूरपश्चिममा अशोक सिंहलाई पठाइएको छ।
त्यस्तै, डीआईजी नलप्रसाद उपाध्याय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, मोहनकुमार आचार्य केन्द्रीय अनुसन्धान ब्युरो, मसाउद आलम खाँ काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, किरण बज्राचार्य प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल काज सरुवा भएका छन्।
त्यस्तै, सन्दीप भण्डारी कार्य विभाग कार्य निर्देशनालय, सुदीप गिरी विशेष ब्युरो, रामदत्त जोशी अन्वेषण योजना तथा विकास निर्देशनालय, पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालय, दुर्गा सिंह नेपाल प्रहरी शिक्षालय भरतपुर र किरण राणा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
