प्रतिताेला २०० ले बढ्यो सुनको मूल्य

बिहीबार छापावाल सुन प्रतिताेला १ लाख ३ हजार ४०० र तेजाबी सुन १ लाख २ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ।

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ।

छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ३ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। तेजाबी सुन प्रतिताेला १ लाख २ हजार ९०० रुपैयाँ ताेकिएकाे छ। बुधबार छापावाल सुन १ लाख ३ हजार २०० र तेजाबी सुन १ लाख २ हजार ७०० रुपैयाँ प्रतिताेलामा काराेबार भएकाे थियाे।

यसैबीच चाँदी भने बिहीबार तोलामा पाँच रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ।