गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन्।
गोरखा– गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन्।
गोरखा उद्योग वाणिज्य संघ गोरखाले १२औँ गोरखा महोत्सवको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन ःबआर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेन्डमा पूरा गरेर उपाधि हात पारेका हुन्।
गोरखा नगरपालिका–५, स्थित ऐतिहासिक पस्लाङ चौताराबाट शुरू भएको दौड हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा समापन भएको थियो। प्रतियोगितामा नेपाली सेनाकै गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भएका संघका अध्यक्ष भगवान् बाबु मास्केले जानकारी दिए।
त्यस्तै, त्रिभुवन आर्मी क्लबका अर्का धावक टंकबहादुर कार्की निर्धारित दूरी ३० मिनेट ५९ सेकेण्डमा पूरा गरेर प्रतियोगिता तेस्रो भएका हुन्। प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगीले सान्त्वना स्थान प्राप्त गरेका छन्। उनले निर्धारित दूरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गरेका थिए।
त्यस्तै, सशस्त्र प्रहरी बलकी धाविका आष्मा बिकले निर्धारित दूरी ४२ मिनेट १० सेकेन्डमा पूरा गरेर सान्त्वना स्थान हासिल गरेकी छन्। प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँ तथा सान्त्वनालाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
