प्रधानमन्त्री दाहालले देशको आर्थिक समृद्धिलाई आफूले सपनाका रूपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने बताए।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताएका छन्।
माओवादीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिलाई आफूले सपनाका रूपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
“मैले यसलाई संकल्प र प्रतिबद्धताका रूपमा लिएको छु, एउटा प्रधानमन्त्रीले चाहेर मात्र पनि हुँदैन, समृद्धिको यात्रा हासिल गर्न विभिन्न जनसंगठनले साथ दिनुपर्छ”, उनले भने, “सरकार र पार्टीलाई यो चुनौतीपूर्ण अवसरलाई सफल पार्न तपाईंहरूले संस्थागत रूपले पहलकदमी गर्नुपर्नेछ।”
सरकारको नेतृत्वका रूपमा पाएको अवसरलाई सदुपयोग गर्नुपर्नेमा आफू सचेत रहेको जनाउँदै उनले वर्तमान सरकारले चुनौतीलाई चिर्न सफल हुने बताए। “जनताको विकास निर्माणसम्बन्धी आकाङ्क्षा पूरा गर्न र भ्रष्टाचार नियन्त्रणमा कठोर रूपमा अघि बढ्नुपर्छ”, प्रधानमन्त्री दाहालले भने, “आर्थिक समृद्धिको जुन कल्पना गरेका छौँ। त्यसलाई पूरा गर्नु छ। त्यसपछि देशमा नयाँ युग शुरू हुनेछ।”
अध्यक्ष दाहालले जनताको घरघरमा पार्टीलाई विस्तार गर्न र पार्टी सुदृढीकरणको अभियानलाई व्यापक बनाउन आग्रह गरे। पार्टीमा युवाको सहभागिता बढाउन २० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको जनाउँदै उनले पार्टी निर्माणमा लाग्न युवालाई निर्देशन दिए।
राजधानीमा मंगलबारदेखि शुरू तेस्रो पूर्ण बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो। बैठकको पहिलो दिन उपाध्यक्ष कृष्णबहादुर महराले प्रशिक्षण दिएका थिए। वाईसीएलले ‘जनताको घरदैलोमा वाईसीएल’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
