मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २,५८४.४९ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– पछिल्लो तीन दिनदेखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २,५८४.४९ को बिन्दुमा कायम भएको हो।
नेप्से परिसूचकमा झिनो सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही कमी आएको छ। यस दिन ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक खरिदबिक्री हुँदा कूल तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ रुपैयाँको शेयर कारोबार भएको थियो ।
आजको कारोबारमा अन्य समूहको उपसूचक सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ। यस्तै जलविद्युत् ०.२९, उत्पादन तथा प्रशोधन ०.२५, वित्त ०.२०, लघुवित्त ०.१७, बैंकिङ ०.१० र होटल तथा पर्यटन समूह ०.१० प्रतिशतले बढेका छन् ।
यसविपरीत जीवन बीमा समूहमा सबैभन्दा धेरै ०.७९ प्रतिशतको गिरावट देखिएको छ। लगानी समूह ०.३४, विकास बैंक ०.१६, निर्जीवन बीमा ०.१६ र म्युचुअल फन्ड ०.११ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
यस दिनको कारोबारमा एसवाई प्यानल नेपालका लगानीकर्ताले सबैभन्दा धेरै ७.०१ प्रतिशत नाफा कमाएका छन्। अर्कातर्फ, सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५.९७ प्रतिशतले घट्दा यसका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।
कारोबार रकम र शेयर संख्याका आधारमा पनि यस दिन एसवाई प्यानल नेपाल नै अग्रस्थानमा देखिएको छ। सो कम्पनीको ३० करोड ९८ लाख १७ हजार ३०८ रुपैयाँ बराबरको ३ लाख ९१ हजार ३७१ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
