नेप्से परिसूचक लगातार तेस्रो दिन पनि नेप्से ओरालो लागेको छ। बुधबार तीन वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए पनि नेप्से ओरालो लागेको हो।
काठमाडौँ- नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि ओरालो लागेको छ।
साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधवार नेप्से परिसूचक १२.८१ अंक घटेर १८४५.५१ बिन्दुमा झरेको छ। त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.६६ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले घटेको छ। बुधवार कारोबारमा आएका २१६ कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५६ प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.१८ प्रतिशत बढेको छ। यता वित्त उपसमूहको परिसूचक २.५४ प्रतिशत घटेको छ।
बुधवार ३ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड २ को सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, अपर हेवाखोलाको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। तर यता, पिपुल्स पावरको सेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ। बुधवार सोल्टी होटलको सेयर कारोबार ३ करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
