टी२० विश्वकपका लागि क्यानले बोलायो २४ खेलाडीलाई तयारी क्याम्पमा

क्यानले सन् २०२६ मा आयोजना हुने आईसीसी पुरुष टी२० विश्वकपको छनोटका लागि २४ जना खेलाडीलाई तयारी क्याम्पमा बोलाएको छ।

फाइल तस्वीर

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ मा आयोजना हुने आईसीसी पुरुष टी२० विश्वकपको छनोटका लागि तयारी क्याम्प सञ्चालन गर्न खेलाडीहरूलाई बोलाएको छ। क्यानले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै २४ जना खेलाडीलाई तयारी क्याम्पमा बोलाइएको जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को आयोजनामा सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा विश्वकप सञ्चालन हुँदै छ। सोही प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको अन्तिम छनोट गर्नुअघि क्यानले तयारी क्याम्प सञ्चालन गर्न लागेको हो। क्यानका अनुसार छनोट भएका खेलाडीको प्रशिक्षण भोलि (सोमबार) देखि शुरू हुँदै छ।

तयारी क्याम्पमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित अनुभवी र युवा खेलाडी समेटिएका छन्। छनोट भएका खेलाडीमा कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरि, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी र लोकेश बम रहेका छन्।

त्यसैगरी आरिफ सेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी र रुपेशकुमार सिंहलाई पनि तयारी क्याम्पमा बोलाइएको छ।

null