साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा कप्तान फजिला इक्वापुटको दुई र शिल्कीदेवी हनामको एक गोलको मद्दतले एपीएफ क्लबलाई ३–० ले हराउँदै भारतको इस्ट बंगालले उपाधि जितेको छ।
काठमाडौँ– दक्षिण एसियाली फुटबल महासंघ (साफ)द्वारा पहिलो पटक आयोजित साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगालले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा नेपालको विभागीय टोली एपीएफ क्लबलाई ३–० को फराकिलो गोलअन्तरले पराजित गर्दै इस्ट बंगाल च्याम्पियन बनेको हो। इस्ट बंगालको जितमा कप्तान फजिला इक्वापुटले दुई र शिल्कीदेवी हनामले एक गोल गरेकी थिइन्।
खेलको २२औँ मिनेटमा कप्तान फजिलाले गोल गर्दै इस्ट बंगाललाई शुरूआती अग्रता दिलाइन्। नेपालकी गोलकिपर अञ्जना राना मगर र रक्षक गीता रानाबीच समन्वय अभावको फाइदा उठाउँदै फजिलाले बललाई गोलमा परिणत गरिन्।
त्यस्तै, ३५औँ मिनेटमा शिल्कीदेवी हनामले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन्। सरिता युमनामको कर्नर प्रहारलाई आशा लताले क्रस गरेपछि शिल्कीले हेडमार्फत आकर्षक गोल गरिन्।
दोस्रो हाफको शुरूआतमै कप्तान फजिलाले व्यक्तिगत दोस्रो गोल थपेपछि इस्ट बंगाल ३-० को सहज स्थितिमा पुग्यो। त्यसपछि एपीएफले खेलमा फर्किने केही प्रयास गरे पनि सफल हुन सकेन।
गत मंसिर १९ गतेदेखि शुरू भएको प्रतियोगितामा दक्षिण एशियाका पाँच राष्ट्रका क्लबहरूको सहभागिता थियो। जसमा नेपालको एपीएफ र भारतको इस्ट बंगालसँगै पाकिस्तानको कराँची सिटी एफसी, बांग्लादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेडले प्रतिस्पर्धा गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
