बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा देखिएको प्राधिकरणले जनाएको छ।
काठमाडौँ– भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ।
बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ। प्रावधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो।
“बिहारको विद्युत् प्रणालीमा प्राविधिक समस्या देखिएपछि रक्सौल–रामनगरबाट नेपालले लिइरहेको करिब तीन हजार मेगावाट घण्टा बराबर बिजुली आपूर्ति रोकिएको छ। जस कारण ठूला उद्योगहरूलाई बिहान र बेलुकाको पिक समयमा लोड कटौती गरेका छौँ”, प्रवक्ता भट्टराईले भने। प्राधिकरणले ठूला उद्योगलाई पिक समयमा उद्योग नचलाउन भने पनि मझौला र साना उद्योगमा भने विद्युत् आपूर्ति भइरहेको उनको भनाइ छ।
ठूला उद्योगमा साँझ र बिहानको समय गरेर करिब आठदेखि नौ घण्टा विद्युत् कटौती गर्नुपरेको पनि भट्टराईले जानकारी दिए। “अहिले ८० देखि एक सय मेगावाटसम्म बिजुली अपुग भएपछि ठूलो उद्योगको पिकआवरको लोड काट्नुपरेको हो। भारतीय पक्षले मर्मत सम्भारका लागि अझै तीन/चार दिन लाग्छ भनेको छ”, उनले भने।
प्राधिकरणका अनुसार अहिले नेपालको कूल विद्युत् माग करिब ३१ हजार एक सय ७७ मेगावाट घण्टा बराबर छ। उक्त माग पूर्ति गर्नका लागि विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीमार्फत करिब ११ हजार मेगावाट घण्टा र निजी क्षेत्रबाट १० हजार चार सय मेगावाट घण्टा बिजुली आपूर्ति भइरहेको छ। त्यस्तै, अहिले नौ हजार दुई सय ७४ मेगावाट घण्टा बिजुली भारतबाट आयात भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
