नेप्से परिसूचक दोहोरो अंकले घट्यो

आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ। आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को बिन्दुमा कायम भएको हो।

आइतबार ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६० हजार ६९९ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ लाख ५५ हजार ७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। 

यस दिनको कारोबारमा बैंकिङ र म्युचुअल फन्ड उपसमूह सामान्य अंकले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी सिटी होटल लिमिटेडको शेयर मूल्य ६.२६ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा यस दिन सबैभन्दा बढी कुमारी बैंक (प्रमोटर)को २६ करोड १८ लाख ५५ हजार ९३० रुपैयाँ बराबरको २४ लाख ९३ हजार ८६६ कित्ता शेयर किनबेच भएको छ।