एशिया कप: नेपाल श्रीलंकासँग पराजित

एसीसी यू१९ एशिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ।

काठमाडौँ– एसीसी यू१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ।

दुबईको द सेभेन्स रंगशाला भएको खेलमा नेपालले श्रीलंकालाई जितका लागि ८३ रनको लक्ष्य दिएको थियो। श्रीलंकाले १४.५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो।

समूह ‘बी’ मा रहेको नेपालले आगामी सोमबार बांग्लादेशसँग खेल्नेछ। मंसिर २६ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बांग्लादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, यूएई र मलेसिया सहभागी छन्।