सोलस्थित चिनियाँ दूतावासले चिनियाँ नागरिकमाथिको भेदभावपूर्ण व्यवहार नहटाएसम्म कोरियालीमाथिको प्रतिबन्ध जारी रहेन जनाएको छ।
चीनले कोरोना भाइरसको प्रतिकारमा दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा (भिसा) दिन रोकेको छ। दक्षिण कोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले कोरोना–१९ परीक्षण नेगेटिभ हुनुपर्ने नियम लगाएपछि बदलामा चीनले पनि दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको हो।
सोलस्थित चिनियाँ दूतावासले अनलाइन पोस्ट गरेको संक्षिप्त सूचनाअनुसार दक्षिण कोरियाली नागरिकलाई पर्यटन वा व्यापारका लागि चीन जाने प्रवेशाज्ञा निलम्बन गरिएको छ। सोलले चिनियाँ नागरिकमाथिको भेदभावपूर्ण व्यवहार नहटाएसम्म कोरियालीमाथिको प्रतिबन्ध जारी रहेन जनाएको छ।
चीनबाट कोरिया जान चाहने यात्रीले बितेका ४८ घण्टामा कोरोना संक्रमण नभएको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेपछि चीनले संसारका सबै देशसँगै त्यसैअनुरूप व्यवहार गर्ने बताएको छ।
विश्व स्वास्थ्य संगठनले चीनमा कोभिड–१९ को प्रकोपको स्थितिबारे वास्तविक तथ्यांक नदिएको आरोप बेइजिङमाथि लगाएको छ भने पछिल्लो समय अमेरिकालगायत दर्जनौँ देशले चीनबाट आफ्नो भूमिमा आउन चाहने चिनियाँसहित जुनसुकै देशका नागरिकले आफूलाई कोरोना संक्रमण नभएको पुष्टि गर्ने प्रयोगशाला प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानलाई अनिवार्य गरेको छ। महामारीका बीच चीनले गत महिना अचानक कोभिड–१९ नियन्त्रणसम्बन्धी उपाय हटाएपछि विश्वसमुदाय सशंकित भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमा कोरोना महामारीमा परी धेरै नागरिकको ज्यान गएको जनाएका थिए। केही साता अघिसम्म कठोर नियम कार्यान्वयन गराएको विरोधमा देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन भएका थिए। कलकारखाना बन्द गर्ने घरबाहिर निस्कन नपाउने नियमको विरोधमा सर्वसाधारण उत्रिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
