लोसपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ।
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले मधेश प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय पनि गरेको पार्टीका नेता केशव झाले बताए। उनले आजको बैठकमा संगठन बिस्तारको सन्दर्भमा यथाशीघ्र पार्टीको संगठन बिस्तारको कामलाई तीव्रता दिने निर्णय भएको पनि बताए।
उनले भने, “आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जुन कुरा छ, त्यस सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ।”
नेता झाले बैठकमा राजनीतिक र समसामयिक विषयमा पनि छलफल भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
