टीयू क्रिकेट मैदानमा भएको शनिबारको दोस्रो खेलमा फारवेस्टले दिएको १८८ रनको लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा अलआउट हुँदै १४६ रन मात्रै बनाउन सक्यो।
काठमाडौँ नाइट्स हारका बाबजुद नेपाल टी-२० लिगमा प्ले अफमा पुगेको छ। फारवेस्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई हराउँदा काठमाडौँ नाइट्सलाई फाइदा भएको हो।
शनिरबार भएको समूह चरणको अन्तिम खेलमा फारवेस्टले पोखरालाई ४१ रनले हराउँदा काठमाडौँ प्ले अफमा पुग्न सफल भयो। शनिबारको पहिलो खेलमा विराटनगर सुपर किंग्ससँग काठमाडौँ ७ विकेटले पराजित भएको थियो। जितसँगै विराटनगरले प्ले अफमा स्थान पक्का गर्यो। तर, काठमाडौँले फारवेस्ट र पोखराको नतिजा कुर्नुपर्यो। प्ले अफमा उक्लिएको काठमाडौँ फेरि विराटनगरसँगै भिड्ने भएको छ।
प्लेप अफ खेल्नका लागि पोखराले राम्रो रनरेटका आधारमा फारवेस्टलाई हराउनुपर्ने बाध्यता थियो। तर, पोखरा फारवेस्टसँग पराजित भएसँगै ८ अंकसहित काठमाडौँ प्ले अफ पुगेको हो।
टीयू क्रिकेट मैदानमा भएको शनिबारको दोस्रो खेलमा फारवेस्टले दिएको १८८ रनको लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा अलआउट हुँदै १४६ रन मात्रै बनाउन सक्यो। पोखराका लागि कप्तान उपुल थरंगाले सर्वाधिक ३६ रन बनाए। २३ बल सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे। प्रतिश जिसीले ३४, सिद्धान्त लोहनीले २८, विशाल विक्रम केसीले १३ र ओपनर सुमित महर्जनले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।
फारवेस्टका लागि दुर्गेश गुप्ताले ३, हर्शमतुल्लाह शाहिदी र प्रकाश जैशीले २/२ र करण केसीले १ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको फारवेस्टले ओपनर हर्शमतुल्लाह शाहिदी र विनोद भण्डारीको शतकीय साझेदारीको मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। शाहिदी र भण्डारीले १३४ रनको साझेदारी गरेका थिए। शाहिदीले ३७ रन बताउँदा भण्डारीले ५१ रनको योगदान गरे।
रासिद खानले १४, मिलान्दा सिरिवारर्दानाले १२ र करण केसीले ११ रन जोडे। पोखराका लागि अभिमन्यू मिथुनले २, प्रतिश जिशीले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
