चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ। जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ।
काठमाडौँ– हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ।
यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ। जाडो मौसममा हावा पनि चिसो हुन्छ। चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन। चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ।

यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ। जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ। प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयाघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन्। वायु प्रदूषण काठमाडौँसहित देशका विभिन्न शहरमा खतरा बन्दै गएको छ।
नदी, सडक र गल्लीहरूमा सरसफाइ हुन सकेको छैन। जसकारण पनि यसको प्रत्यक्ष असर सर्वसाधारणमा परिरहेको छ। वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
