प्रतितोला एक लाख दुई हजार ९०० पुग्यो सुनको मूल्य

मंगलबार प्रतितोला एक लाख दुई हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँले बढेको छ।

काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ९०० तोकिएको छ।

मंगलबार प्रतितोला एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन ३०० रुपैयाँले बढेको हो। तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख दुई हजार ४०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार एक लाख दुई हजार १०० रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ४०० मा कारोबार भइरहेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक मूल्य तोक्दै आएको छ।