अकुपाइ टुँडिखेल अभियानले खुलामञ्च संरक्षणका लागि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भेट नदिएपछि अकुपाइ टुँडिखेलका अभियन्ताहरूले खुलामञ्च संरक्षणको माग गर्दै उपप्रमुख सुनिता डंगोललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
अभियानका संयोजक विजय श्रेष्ठले उपप्रमुख डंगोललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। प्रमुख शाहले माघको पहिलो सातासम्म भेटघाटका लागि समय नभएको इमेल पठाएपछि सोमबार उपप्रमुखलाई ध्यानाकर्षण पत्र दिइएको अभियानका प्रवक्ता एवं अधिवक्ता सञ्जय अधिकारीले बताए
अभियानले खुलामञ्च भूमिगत जल भण्डारको स्रोत तथा अनेकौँ अमूर्त सांस्कृतिक, ऐतिहासिक सम्पदा र राजनीतिक साक्षीको रूपमा रहेको भन्दै त्यसको संरक्षण गरिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।
ध्यानाकर्षण पत्र हस्तान्तरण गर्ने क्रममा पूर्वमन्त्री भिमसेन दास प्रधानले पार्किङका लागि अन्य विकल्प खोजिनुपर्ने बताएका छन्। उनले खुलामञ्चमा पार्किङ बनाउँदा पानीको रिचार्ज सिस्टम भताभुंग हुने बताउँदै त्यसलाई बचाउनुपर्नेमा जोड दिए।
त्यस्तै, उनले भृकुटीमण्डपलाई महानगरले पार्क बनाउनुपर्ने सुझावसमेत दिए।
त्यस्तै, ध्यानाकर्षण पत्र बुझ्दै उपप्रमुख सुनिता डंगोलले खुलामञ्चमा पार्किङ आवश्यक छ कि छैन भन्ने आधारमा महानगरले थप निर्णय लिने बताइन्।
उनले जनप्रतिनिधिले जनताको मर्मलाई माथि राख्नुपर्ने बताउँदै जनताको सार्वजनिक परामर्श बिना महानगरले कुनै काम नगर्ने प्रतिबद्धतासमेत जनाइन्। त्यसविरुद्ध कुनै गतिविधि भएमा आफूले विरोध गर्ने समेत उनले स्पष्ट पारिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
