काठमाडौँ महानगरले खुलामञ्चमा तीन तल्ला अन्डरग्राउन्ड पार्किङ बनाउने योजना अघि सारेपछि त्यसका विरुद्ध अकुपाई टुँडिखेल पुनः सक्रिय भएको छ।
काठमाडौँ- खुलामञ्च खाली गराउन झण्डै ३ वर्षअघि सम्पदा संरक्षण अभियन्ताले शुरू गरेको अकुपाई टुँडिखेल पुनः ब्युँतिएको छ।
काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा तीन तल्ला अन्डरग्राउन्ड पार्किङ भवन बनाउने योजनासहित डीपीआरको काम अघि बढाउन अग्रसर देखिएपछि त्यसलाई रोक्न अकुपाई टुँडिखेल अभियान ब्युँतिएको हो।
अभियन्ताहरूले भोलि खुलामञ्चका विषयमा महानगर प्रमुख तथा उपप्रमुखलाई ध्यानाकर्षण गराउन पत्र हस्तान्तरण गर्ने कार्यक्रम बनाएका छन्।
भोलि (सोमबार) बिहान १०ः४५ मा महानगरको केन्द्रीय कार्यालय बागदरबारमा जम्मा भएर ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी हुन समेत अकुपाई टुँडिखेल अभियानका अभियन्ताहरूले सर्वसाधारणलाई आह्वान गरेका छन्।
अभियानका तर्फबाट जारी भएको सूचनामा विकल्प हुँदाहुँदै सार्वजनिक सम्पत्तिको रूपमा रहेको खुलामञ्चमा महानगरले पार्किङ भवन बनाउने योजनासहित डीपीआरको काम अगाडि बढाउँदा प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक महत्त्व बोकेको खुलामञ्च मासिने जोखिम बढेको उल्लेख गरेको छ।
“प्राचीन हिटी प्रणालीसँग जोडिएको खुलामञ्चको प्राकृतिक रिचार्ज सिस्टम र अन्य नकारात्मक वातावरणीय प्रभाव पनि पर्ने भएकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङको सोच नै गलत छ”, अभियानका तर्फबाट जारी भएको सूचनामा लेखिएको छ, “सार्वजनिक स्थान दोहन गरी ठेक्का दिन अग्रसर नहुन महानगरलाई सचेत गराइ डीपीआर प्रक्रिया अविलम्ब खारेज गराउन यहाँको उपस्थितिको अनुरोध गर्दछौँ।”
काठमाडौँ महानगरपालिकाले गएको कात्तिक २९ गते खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ र पानी ‘रिचार्ज पीट’को विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। महानगरपालिकाको १० औँ कार्यपालिका बैठकले वडा नं २८ मा रहेको खुलामञ्चमा संरचना बनाउने भनेर गरेको निर्णयको यतिबेला विवादमा परेको छ।
भूमाफियाको अतिक्रमणमा परेको खुलामञ्च थप अतिक्रमण गर्न सहयोग गरेको भन्दै तीन वर्षअघि जन्मिएको अकुपाई टुँडिखेल अभियानअन्तर्गत भेला भएर सर्वसाधारणले महानगरका पूर्व प्रमुख विद्यासुन्दर शाक्यको विरोध गरेका थिए।
अकुपाई टुँडिखेलका अभियन्ता, विषयविज्ञ लगायत सर्वसाधारणकै पहलमा खुला भएको खुलामञ्चमा पुनः पार्किङ बनाउन डीपीआर गर्ने महानगरले योजना बनाएपछि सार्वजनिक रूपमा उक्त निर्णयको विरोध भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
