विरोध

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ

काठमाडौँ– माग सुनुवाइ नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गरेका छ। तीन दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहेको अभियानमा सहभागीहरूले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आइतबार कार्यालय घेराउका साथै ज्ञापनपत्र बुझाएका छन्। चुरे पहाड दोहन, उत्खनन र वन जंगल फडानीले समस्यामा परेको भन्दै मधेशका विभिन्न जिल्लाबाट २३ जनाको टोली २५ दिन पैदल हिँडेर बिहीबार काठमाडौँ आइपुगेको थियो।