भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई सन्देश प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्। राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार भेटवार्ताका क्रममा राजूदत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई सन्देश प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए। सो क्रममा नेपाल–भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउनेबारे पनि छलफल भएको बताइएको छ।
यसअघि दाहाल प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत बधाई दिएका थिए। सात दल र ३ स्वतन्त्र सांसदको समर्थन पाएका दाहाललाई पुस १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।
यता, भारतीय विदेश मन्त्रालयले दाहाल नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएको छ। बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्द बागचीले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
