बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि पहिलो पटक बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ।

तस्वीर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ।

केहीबेर अघि बैठक शुरू भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। बैठकमा शक्ति बाँडफाँट र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल हुनेछ।

साथै एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने बताइएको छ। बुधबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री दाहालको व्यस्तताका कारण आज बसेको हो। 

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो खुमलटार पुगेका थिए। खुमलटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच साढे दुई घण्टा भेटवार्ता भएको थियो।