इरानमा चलिरहेको हिजाबविरोधी आन्दोलनको समर्थनमा इरानी चेस खेलाडी सारा खादेम हेडस्कर्फ नलगाई अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागी भएकी छन्।
इरानी चेस खेलाडी सारा खादेमले प्रतीकात्मक विरोधस्वरूप हेडस्कर्फ नलगाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकी छन्।
इरानी महिला खेलाडीहरूले स्वदेश र विदेशमा हुने प्रतियोगिताहरूमा अनिवार्य हेडस्कर्फ लगाउनैपर्ने नियमलाई चुनौती दिँदै उनले हेडस्कर्फ र हिजाब नलगाई चेस खेलेकी हुन्। हाल इरानमा हिजाब विरोधी प्रदर्शन जारी छ।
सेप्टेम्बरको मध्यदेखि इरानमा शुरू भएको विरोध प्रदर्शनपछि महिला खेलाडीहरूले पनि हिजाब या हेडस्कर्फ नलगाएर आन्दोलनलाई समर्थन गरिरहेका छन्।
यसमा साराको नाम पनि जोडिएको छ। इरानी मिडियाका अनुसार साराले काजकिस्तानको अल्माटीमा जारी फिडे वर्ल्ड र्यापिड एन्ड ब्लिट्ज चेस प्रतियोगितामा हेडस्कर्फ र हिजाबबिना सहभागिता जनाएकी हुन्।
टाउकोमा स्कार्फ नलगाएकी साराको तस्वीर इरानी न्यूज एजेन्सीले पोस्ट गरेको थियो। तर, यो तस्वीर प्रतियोगिताको दौरान हो या अघि खिचिएको हो भन्ने स्पष्ट भएको छैन।
साराको इन्स्टाग्राम पनि अपडेट छैनन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले पठाएको व्यक्तिगत मेसेजको पनि उनले जवाफ दिएकी छैनन्।
साराको जन्म सन् १९९७ मा भएको हो। उनी सरसदत खडेमलशरीह भनेर पनि चिनिन्छन्। इन्टरनेशनल चेस फेडेरेसनको वेबसाइटका अनुसार सारा विश्व वरियतामा ८०४औँ स्थानमा छन्।
अक्टोबरको शुरूमा इरानी पर्वतारोही एल्नाज रेकाबीले हेडस्कर्फ बिना नै दक्षिण कोरियामा भएको प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन्। पछि उनले माफी माग्नुपरेको थियो। साथै, तेहरानमा एक प्रतियोगिताको पुरस्कार वितरण समारोहमा एक इरानी महिला आर्चरको हिजाब झरेको थियो।
हिजाब विरोधी आन्दोलनको समर्थनमा उनले जानाजानी यस्तो गरेको आरोप लगाइएको थियो।
इरानमा २२ वर्षीया कुर्दिश युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशभरका जनताले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। महसाले ड्रेस कोड उल्लंघन गरेको आरोप लगाइएको थियो। हालै विश्वकपमा इरान फुटबल टिमका खेलाडीहरू आफ्नो पहिलो खेलमा राष्ट्रिय गान बजाउँदा मौन बसेका थिए, जसलाई हिजाब विरोधी आन्दोलनको समर्थनमा समेत भनिएको थियो।
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
