जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विराेध

बुधबार भएको निर्वाचनबाट रामसहाय प्रसाद यादव जसपा संसदीय दलको नेतामा निर्विरोध भएका छन्।  

काठमाडाैँ– जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध भएका छन्।

बुधबार बिहान भएको निर्वाचित  संसदीय दलको निर्वाचनमा यादवको मात्रै उम्मेदवारी परेकाे थियाे। दलको नेताका लागि संघीय परिषद् अध्यक्ष अशोककुमार राई, राजकिशोर यादव र रामसहाय प्रसाद यादव दाबेदार थिए।

उनी बारा-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्।