देशकै ठूलो लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएको भन्दै बाबुरामले असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उनले नेपाली कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
उनले नेपाली कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो लोकतान्त्रिक पार्टी दाबी गर्ने नेपाली कांग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताए।
उनले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर मुलुक भित्र गरिब, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औंल्याए। उनले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताए।
“नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले हुनुहुन्छ। वाग्लेजस्तो मान्छेलाई देशकै ठूलो लोकतान्त्रिक पार्टीले चुनाव लड्ने टिकट पनि दिएन। अनि देश बन्छ,” उनले भने, “विकास भनेको समय हो। समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि हुँदैन। विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुँदैन।”
उनले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
