वाग्लेले युवा, रोजगारी र उद्यमशीलताको विषयलाई पनि प्राथमिकतामा दिएको पनि बताए। उनले घोषणापत्रमा जलवायु परिवर्तनको विषय पनि समेटिएको बताए।
काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ल्याउने घोषणापत्रमा आर्थिक सुशासनको विषयलाई विशेष प्राथमिकता दिने जनाएको छ।
शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि घोषणापत्रबारे संक्षिप्त जानकारी दिँदै घोषणापत्र मस्यौदा उपसमितिका संयोजक डा. स्वर्णिम वाग्लेले मुख्य सारमा आर्थिक सुशासनलाई प्राथमिकता दिइने बताए।
उनले युवा, रोजगारी र उद्यमशीलताको विषयलाई पनि प्राथमिकतामा दिएको पनि बताए। उनले घोषणापत्रमा जलवायु परिवर्तनको विषय पनि समेटिएको बताए।
उनले घोषणापत्रमा तीन खण्ड हुने जसमा पहिलो खण्डमा राजनीतिक विषय, दोस्रो खण्डमा विकासको रोडम्याप र तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकताको विषय उल्लेख हुने पनि जानकारी दिए।
“सारचाहिँ सुशासन नै हुन्छ। तर, आर्थिक सुशासनलाई अझ प्राथमिकता दिइनेछ। त्यसपछि युवा, रोजगारी, उद्यमशीलता। आर्थिक सामर्थ्य नबढीकन अरू कुराहरू तपशील हुन्छन्” उनले भने, “जलवायु परिवर्तनजस्ता विषय नेपालले अन्तर्राष्ट्रिय मञ्चमा कसरी प्रस्तुत गर्छ भन्ने कुराहरू पनि हामीले अलि जोडदार रूपमा उल्लेख गर्छौं।”
उनले गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रकै निरन्तरताको रूपमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि घोषणापत्र आउने उल्लेख गरे। उनले घोषणापत्रमा कांग्रेसले समसामयिक राजनीतिको विषयमा टिप्पणी गर्ने, कांग्रेस सरकारमा आएपछि भए गरेका सफलताका कामहरूबारे उल्लेख गर्ने तथा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत हुने पनि बताए।
उनले घोषणापत्रमा लोकतान्त्रिक प्रणालीभित्र समुन्नत नेपालको मार्गचित्र के कस्तो हुनसक्छ भनेर सैद्धान्तिक आधार प्रस्तुत गरिने, लोकतान्त्रिक व्यवस्थाको शुद्धीकरण र सुशासनको एजेण्डा, फराकिलो आर्थिक सामर्थ्य, समन्यायिक समाज र नेपालको सांस्कृतिक सह–अस्तित्व, शिक्षा, स्वास्थ्य, पोषण, सामाजिक सुरक्षाको विषय उल्लेख गरिने बताए। त्यस्तै, जलवायु परिवर्तन, वन, वातावरण, विपद् व्यवस्थापन, सार्वभौमिक समानता र सशक्त अन्तर्राष्ट्रिय भूमिकाको बारेमा घोषणापत्रमा विषयवस्तु समेटिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
