नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

प्रचण्ड नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका हुन्।

काठमाडौँ– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नयाँ सरकारमा उपप्रधानमन्त्री बन्ने भएका छन्। 

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको सचिव गणेश शाहले जानकारी दिए। 

श्रेष्ठ राष्ट्रियसभा सदस्य छन्।