प्रचण्डले बोलाएपछि सीके राउत बालकोटमा

नयाँ सरकार गठनका लागि ४ दलीय छलफल चलिरहँदा राउत पनि बालकोट पुगेका हुन्।

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।

नयाँ सरकार गठनका लागि ४ दलीय छलफल चलिरहँदा राउत पनि बालकोट पुगेका हुन्। 

उनले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा बालकोट पुगेको बताए। 

त्यस्तै, उनले नयाँ बन्ने सरकार आफ्ना मागबारे प्रतिबद्ध भए सरकारमा जाने समेत बताए। 

एमाले नेतृत्वमा सरकार बनाउनेबारे छलफल भइरहँदा नेकपा एकीकृत समाजवादी भने सहभागी छैन। समाजवादीका नेताहरू अहिले मिनभवनस्थित पार्टी कार्यालयमा छलफलमा छन्।