सरकार गठनका विषयमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ।
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय आज सकिँदै छ।
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि राष्ट्रपतिले सरकार गठन गर्न पुस ३ गते एक साताको समय निर्धारण गरेकी थिइन्। निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेका छैनन्।
त्यसैले राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ पाँच जेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन्। योबीचमा पाँचदलीय गठबन्धन आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटिरहेका छन्।
त्यसका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चालगायत दलका शीर्षनेताले द्विपक्षीय, बहुपक्षीय छलफल जारी राखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा सरकार गठन सम्बन्धमा सकारात्मक छलफल भएको र आज पुनः बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिनिधिसभातर्फ कांग्रेस ८९, एमाले ७८, माओवादी ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी १२, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी चार, नागरिक उन्मुक्ति तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा जितेका छन्। यस्तै पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
